
युद्धको भयले छिमेकी देशमा शरण लिन पुगेका युक्रेनी नागरिकहरु घर फर्कन थालेका छन्। युक्रेनमा रुसले आक्रमण शुरु गरेपछि छिमेकी देशमा शरण लिन पुगेका युक्रेनीहरु युद्ध शान्त हुने संभावना पछि घर फर्कन थालेका छन्।
रुसले युक्रेनमा आक्रमणको शिलशिला तुलनात्मक रूपमा कम गर्न थालेको छ। अहिले रुसले मारिपोलमा आक्रमण गरिरहेको छ। अन्य ठाउँबाट रुसी सेना फर्किसकेका छन्।
युक्रेनीहरू अहिले पोल्याण्ड-युक्रेनको बोर्डरमा लाइनबद्ध रहेका छन्। युक्रेनमा युद्ध शुरु भएपछि ५० लाख भन्दा बढी मानिसहरू युक्रेन छोडेर अन्य देशमा शरण लिन गएका थिए।
Traffic jam at Poland 🇵🇱 #Ukraine 🇺🇦 border. Ukrainians are coming home. Easter is a time to stand united and pray for Ukraine pic.twitter.com/Rs5rpikfCY
— Lesia Vasylenko (@lesiavasylenko) April 22, 2022
संयुक्त राष्ट्रसंघका अनुसार अहिले ३० हजार मानिसहरु दैनिक रुपमा घर फर्किरहेका छन्। यस्तै हंगेरीबाट पनि यूक्रेनीहरू आफ्नो देश फर्किरहेका छन्।