एमालेले सिन्धुपाल्चाेकमा कस-कसलाई बनायो उम्मेदवार ?

एमालेले सिन्धुपाल्चाेकमा कस-कसलाई बनायो उम्मेदवार ?
+
-

नेकपा एमालेले सिन्धुपाल्चाेक जिल्लाका पालिकाहरूमा उम्मेदवारहरूको टुंगो लगाएको छ।

एमालेले बाह्रबिसे नगरपालिकामा मेयरमा निमफुन्जाे शेर्पालाई उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा कल्याणी घिसिङलाई उम्मेदवार बनाउने भएको छ।

यस्तै, चौतारा साँगाचोकग्ढी नगरपालिकामा मेयरमा ईन्द्रप्रसाद नेपाल र उपमेयरमा बालकुमारी सापकाेटालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

यस्तै, मेलम्ची नगरपालिकाकाे मेयरमा बालकृष्ण देउजा र उपमेयरमा उमा प्रधानलाई उम्मेदवार बनाएकाे छ।

भाेटेकाेशी गाउँपालिकाकाे अध्यक्षमा अमृत बहादुर खड्का र उपाध्यक्षमा सुन्तली माया तामाङलाई उम्मेदवार बनाउने भएकाे छ।

यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाकाे अध्यक्षमा मेघनाथ पाैडेल र उपाध्यक्षमा सबिता श्रेष्ठलाई उम्मेदवार बनाउने भएकाे छ।

त्यसैगरी, लिसंखुपाखर गाउँपालिकाकाे अध्यक्षमा सूर्यबहादुर लामा र उपाध्यक्षमा कन्चन लामालाई उम्मेदवार बनाउने भएकाे छ।

सुनकोशी गाउँपालिकाकाे अध्यक्षमा टपिन्द्र प्रसाद तिमल्सिना र उपाध्यक्षमा मन्जु भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएकाे छ ।

त्यस्तै, बलेफी गाउँपालिकाकाे अध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा चन्द्रावती थापा, जुगल गाउँपालिकाकाे अध्यक्षमा जयबहादुर लामा, इन्द्रावती गाउँपालिकाकाे अध्यक्षमा झम्कनाथ नेपाल र उपाध्यक्षमा शाेभना तामाङ, पाँचपाेखरी गाउँपालिकाकाे अध्यक्षमा टासी लामा र उपाध्यक्षमा सुनुता अधिकारी र हेलम्बु गाउँपालिकाकाे अध्यक्षमा हस्त बहादुर पण्डितलाई उम्मेदवार बनाउने निर्णय भएको हो।

जुगल गाउँपालिका र हेलम्बु गाउँपालिकाको उपाध्यक्षमा भने गठबन्धन गर्ने नगर्ने टुंगो नभईसकेकोले उम्मेदवार टुंगो नलागेको नेकपा एमाले हेलम्बु गाउँपालिका सचिव गंगानाथ भण्डारीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?