विराटनगरमा मनोनयन दर्ता शुरू

विराटनगरमा मनोनयन दर्ता शुरू
+
-

विराटनगर- मोरङमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया शुरू भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार महानगरपालिकामा वडा अध्यक्ष र दुई सदस्यका लागि पहिलो उम्मेदवारी दर्ता भएको हाे।

महानगरको वडा नम्बर १० बाट स्वतन्त्रतर्फ अध्यक्षमा माधवराज वाग्लेले मनोनयन दर्ता गराएकाे  कार्यालयका प्रमुख निर्वाचन अधिृकत भरत लम्सालले जानकारी गराए। यससँगै वाग्ले वडाध्यक्षतर्फ मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार भएका छन्।

त्यसैगरी, स्वतन्त्रतर्फबाट सोही वडाका दुई जना सदस्यमा मोहनकुमार साह हलवाई र वीरेन्द्रप्रसाद खड्काले मनोनयन दर्ता गराएका छन्।

बिहान १० बजेबाट मनोनयन दर्ता प्रक्रिया शुरू भएसँगै दर्ता गराउने कार्य जारी रहेको कार्यालयका हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

मनोनयन दर्ता कार्यक्रम आज बेलुका ५ बजेसम्म र सोमबार पनि सोही समयसम्म रहने उनले जानकारी दिए।

वडाध्यक्षमा मनोनयन दर्ता गराउने वाग्लेले यसअघि वडाध्यक्षको जिम्मेवारीमा रहेका थिए। २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट उम्मेदवारमा बञ्चित भएपछि वाग्ले स्वतन्त्रबाट प्रतिस्पर्धामा आएका थिए। सो समय उनले कांग्रेसका सन्तोष ढुंगाना र एमालेका अर्जुन गिरीलाई पराजित गरेका थिए ।

त्यसैगरी, मोरङको रंगेली नगरपालिकामा मंगल नेसनल अर्गनाइजेसनबाट २ वडाध्यक्ष र ४ सदस्यको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले जानकारी दिए।

सोमबार पनि दल दर्ता कार्यक्रम रहेको हुदाँ आइतबार करिब १२ बजेबाट मात्र मनोनयन दर्ता प्रक्रिया शुरू भएको उनले जानकारी दिए।

सो क्रममा रंगेली वडा नम्बर १ र ४ मा वडाध्यक्ष र वडा नम्बर ३ मा दुई, वडा नम्बर १ र ४ मा समान १ जना सदस्यले मनोनयन दर्ता गराएका हुन्।

त्यसैगरी, मोरङका अन्य पालिकामा पनि मनोनयन दर्ता प्रक्रिया सुरू भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?