
काठमाडौँ – स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेहरूविरुद्ध आज दाबी/विरोधको उजुरी दिन पाइने भएको छ ।
निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएका उम्मेदवारहरुविरुद्ध आज निर्वाचन अधिकृतको कार्यालयमा गएर उजुरी दिन सकिन्छ ।
तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन । तैपनि, आजै उजुरी दिने समय पनि आयोगले यसअघि नै तोकेको हो ।
निर्वाचन आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।
१६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ।
१७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् र, ३० वैशाखमा निर्वाचन हुने छ ।