काका! गाउँको के छ खबर?

+
-

काका गाउँको के छ हालखबर ?

यत्ति थियो मेरो प्रश्न।

….

काका भन्नुहुन्छ-

आरनबाट भर्खर

हँसिया उधाएर

एक भारी दूधिलो काट्न हिँडेको

पल्लाघरे दिनानाथ

दलालको सहारामा

दलबलसहित

दुल्लुबाट दुबई गएको अस्तिजस्तै लाग्छ कान्छा ।

‘दिने’ जस्ताको रेमिट्यान्स लिने र निल्ने

नाभीमा डल्लिएका किर्ना

र,

झोले जुकाहरू भएको गाउँको

के खबर सोध्छस् कान्छा ?

 

मनभित्र दन्किरहेको छ- आक्रोशको आगो

पेटभित्र छड्किरहेको छ- भोकको कसौँडी

कसले देख्छ र कान्छा ‘दिने’को दर्द ?

सम्झिँदै आफै उध्याउन मन लाग्छ-यो भुत्ते कर्द ।

काका भन्दै जानुहुन्छ-

अनि सुन्-

दारको ठेकीमा अलिकति

दही जमाएकी थिई कान्छीले

गाईको गोठपछाडि दुईजोडी

स्याखिने पालेकी थिई कान्छीले

ठेकी नै चोरेर दौडेको थियो बेनामे बतासे

च्याँखुरा काखीमा च्यापेर भागेको थियो बेनामे बतासे

सुन्छु-

त्यही कुचो (कुखुरा चोर) बतासे

‘अदक्षे’मा उठेको छ रे !

कानै पाकिसक्यो छेपारे भाकाले

हेरौँ कसरी जित्छ बतासे डाँकाले !

 

संक्षिप्त प्रश्नको

बुझिने गरी लामो उत्तर यही थियो काकाको,

बुड्ग धुलो उडाउँदै

ममाथि कर्के नजर थियो बञ्जर पाखाको

ममाथि कर्के नजर थियो बञ्जर पाखाको ।

 

वैशाख १३, २०२२

हात्तीवन, ललितपुर ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?