पर्यटनमन्त्री आलेसहित २६० यात्रु बोकेर वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने

पर्यटनमन्त्री आलेसहित २६० यात्रु बोकेर वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जाने
+
-

काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ‘अपरेशन फ्लाइट’ हुने भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रेवतका अनुसार पर्यटनमन्त्री प्रेम आलेसहित करिब २६० जना यात्रु बोकेर वाइडबडी जहाज बिहीबार अपरान्ह ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भैरहवा विमानस्थल उड्ने छ । उक्त विमान ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ ।

विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश प्रवाह गर्न यस्तो उडान गर्न लागिएको उनले बताएका छन्। यसलाई परीक्षण उडानका रुपमा समेत लिइएको छ ।

उनले भने, ‘यसअघि एरोथाइको जहाजबाट यान्त्रिक उडान परिक्षण भएको थियो अहिले चाँहि विमानस्थल उडानयोग्य बनेको छ भन्नको लागि वाइडबडी जहाजबाट ‘अपरेशन फ्लाइट’ गर्न लागेका हौं।’

विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्नु अगाडि यस्तो उडान गर्न लागिएको उनले बताएका छन् ।

विमानस्थलमा सबै उपकरण तथा प्रक्रियाहरु सुचारु गरिने उनले बताएका छन्। यात्रुलाई नयाँ टर्मिनलबाट बाहिर निस्कने व्यवस्था मिलाइने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट व्यवसायिक उडान सुरु हुँदैछ । पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्दैछ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?