
काठमाडौँ – सुनको मूल्य बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ।
बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ।