सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेल

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेल
+
-

काठमाडौँ‍‍-सिन्धुपाल्चोकको एक पालिकामा नेकपा एमाले र नेकपा  माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा एमाले र माओवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो।

सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनबाहेकका दलहरूसँग तालमेल नगर्न निर्देशन दिएको भए पनि सो पालिकामा भने अध्यक्ष एमाले र उपाध्यक्ष माओवादीको भागमा पर्नेगरी चुनावी तालमेल भएको छ।

जसअनुसार माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिने र उपाध्यक्षमा उम्मेदवारी दिएकी एमाले उम्‍मेदवार मञ्जु नेपाल भण्डारीले आज उम्मेदवारी फिर्ता लिने सहमति गरिएको हाे।

त्यस्तैगरी,वडास्तरमा पनि पदकाे बाँडफाँट भएको छ । उनीहरूले संयुक्त घोषणापत्र निर्माण गरेर प्रचारप्रसार गर्ने निर्णय गरेका हुन्। आज साँझ साढे ५ बजे संयुक्त पत्रकार सम्‍मेलन गर्ने निर्णय गरेका छन्।

यता, माओवादीका जिल्ला संयोजक गोविन्द पराजुलीले केन्द्रको निर्णयबेगर नजाने दाबी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?