जगन्नाथ पौडेलमाथि सबैको नजर: फिर्ता लेलान् उम्मेदवारी?

जगन्नाथ पौडेलमाथि सबैको नजर: फिर्ता लेलान् उम्मेदवारी?
+
-

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने दिन शुक्रबार भरतपुर महानगरपालिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले फिर्ता लिन्छन् कि लिँदैनन् भन्ने धेरैको चासो छ।

उनले उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् भने फिर्ता नलिए कारवाही गर्ने कांग्रेसले निर्णय गरेको छ। दुई दिनसम्म चितवनमा बसेर पौडेललाई उम्मेदवारी फिर्ता लिन फकाएका गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँड र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ शुक्रबार काठमाडौं फर्किंदै छन्। उता प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनलाई उम्मेदवारी फिर्ता लिन र राष्ट्रिय सभाको सदस्य बन्न फकाएका छन्।

काठमाडौं फर्कनुअघि गृहमन्त्री खाँडले बागी उम्मेदवार पौडेललाई चितवनस्थित एक होटलमा भेट्न बोलाउँदा पौडेलका कार्यकर्ताले पौडेललाई भेट्न जान दिएनन्।

पौडेलको जित सुनिश्चित भएकाले गृहमन्त्रीसँग भेट्नुको औचित्य नभएको भन्दै भेट्न नदिएका एक कार्यकर्ताले बताए।

गृहमन्त्रीलाई पौडेलको निवासमै कार्यकर्ताले भेट्न बोलाएका थिए।

पौडेलको निवासमै पुगेर भने गृहमन्त्रीले उनलाई भेट्न चाहेका छैनन्।

त्यसभन्दा अघि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता रामचन्द्र पौडेललगायतले पौडेललाई उम्मेदवारी फिर्ता दिन दबाब दिइसकेका थिए। तर, उनी भने आफ्नो अडानबाट पछि नहट्ने भएका छन्। देउवाको पछिल्लो सन्देशलाई पनि उनले सकारात्मक रुपमा नलिएको बुझिएको छ।

उनको बागी उम्मेदवारीलाई लिएर चितवन कांग्रेसका नेता–कार्यकर्ताको फरक–फरक मत छ। उम्मेदवारी गठबन्धनको निर्णयविरुद्ध भएकाले धेरै कार्यकर्ताले अनुश्चित र पार्टी निर्णयविपरीत कार्य भनेका छन् भने उनलाई समर्थन गर्ने केही नेता–कार्यकर्ता पनि भेटिएका छन्।

विशेष गरी कांग्रेसमा लामो समयदेखि आस्था राख्दै आएका, यही पार्टीको कार्यकर्ता बनेर जीवन व्यतित गरेका, पार्टीमा योगदान गरेका, पारिवारिक पृष्ठभूमि कांग्रेस भएका र कांग्रेसको चुनाव चिह्नबाहेक अन्यलाई मत दिन नमान्ने कार्यकर्ताले पौडेलको उम्मेदवारीलाई समर्थन गरेका छन्।

माओवादीलाई दोस्रो पटक महानगरपालिकाको प्रमुख सुम्पिन लागेपछि आक्रोशित बनेका कांग्रेस कार्यकर्ताको समर्थनमा पौडेल बागी उठेका हुन्।

तर, केन्द्रले नै चुनावी गठबन्धन गरेर सिट बाँडफाँट गरिसकेपछि त्यसलाई मान्नुपर्ने कार्यकर्ता धेरै छन्। भरतपुर महानगरपालिका–१९का बासिन्दा कांग्रेस कार्यकर्ता माधव पौडेलले गठबन्धनको निर्णयप्रति धेरै कांग्रेस कार्यकर्ता रुष्ट भएको तर यसलाई मान्नुपर्ने बाध्यता रहेको बताए।

उनले गठबन्धनले माओवादीको तर्फबाट रेणु दाहाललाई महानगर प्रमुखको उम्मेदवार बनाएर पठाएकाले अन्य बागी वा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिँदा राम्रो हुने बताए। बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिए गठबन्धनले समर्थन गरेर उठाएको उम्मेदवार रेणु दाहाल पराजित हुन सक्ने सम्भावना रहेको औँल्याए।

उनले भने, ‘भरतपुरमा कांग्रेसबाहेक अन्य दललाई मत नदिने कार्यकर्ता पनि छन्। यसले गर्दा उहाँ ( बागी उम्मेदवार पौडेलले) रेणुको भोट काट्नुहुन्छ। यसले गर्दा एमालेको उम्मेदवारलाई फाइदा हुन सक्छ। रिस उठ्नु फरक कुरा हो, पौडेललाई मात्रै हैन भरतपुरका धेरै नेता–कार्यकर्तालाई रिस उठेको छ तर पार्टीको निर्णयलाई सम्मान गर्न पनि बागी उम्मेदवार पौडेलले उम्मेदवारी फिर्ता लिनुपर्छ।’

१४औँ महाधिवेशनमा जिल्ला सभापति बन्न खोजेका पौडेल आफ्नै क्षेत्र (भरतपुर महानगरपालिका २ नम्बर क्षेत्र ) मा पराजित भएका थिए। उनी पूर्वसांसद तथा तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुखसमेत हुन्।

अघिल्लो चुनावमा कांग्रेसको तर्फबाट भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष चुनिएका चन्द्रमित्र पण्डितले स्थानीय तहमा छलफल नगरी केन्द्रले चुनावी तालमेल गर्दा बागी वा स्वतन्त्र उम्मेदवार उठ्नु स्वाभाविक भएको बताए।

केन्द्रले स्थानीय स्तरको राजनीतिक परिस्थिति नबुझी गबठन्धन गर्दा स्थानीय नेता स्वतःस्फूर्त अघि बढेको उनको तर्क छ। पौडेल पछि हट्न नहुने पनि उनको अडान छ।

कांग्रेसमा आस्था राख्नेहरू भने बागी उम्मेदवारलाई मत दिँदा कांग्रेसको नेतालाई भोट हाल्न पाए पनि रूख चिह्नमा भोट हाल्न नपाउँदा भने निरास भएका छन्। यसले गर्दा मत नदिनेहरूको संख्या धेरै हुने पण्डित बताउँछन्।

अघिल्लो निर्वाचनमा पनि महानगरको प्रमुखमा हँसिया हथौडालाई मत दिनुभन्दा मतै नदिनु बेस भन्दै धेरै कांग्रेसीले मताधिकार प्रयोग गरेका थिएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?