जगन्नाथ पौडेलसँग डराएको सत्ता गठबन्धन

जगन्नाथ पौडेलसँग डराएको सत्ता गठबन्धन
+
-

काठमाडौँ – भरतपुर महानगरपालिकाको बागी उम्मेदवार फिर्ता गराउने सत्ता गठबन्धनको प्रयास असफल भएसँगै चुनावी परिणामसम्मै भरतपुरले चर्चा पाउने भएको छ।

उम्मेदवारी फिर्ता लिने अन्तिम समयसम्म प्रयास गर्दा पनि गठबन्धनले कांग्रेसको तर्फबाट बागी उम्मेदवार दिएका जगन्नाथ पौडेललाई पछि हटाउन सकेन।

उम्मेदवारी फिर्ता नलिएका पौडेललगायत कांग्रेसका सबै बागी उम्मेदवार पार्टीबाट स्वतः निष्कासित भएका छन्।

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताले दबाब, प्रभाव र प्रलोभन देखाउँदासमेत पौडेल आफ्नो निर्णयमा अडिग बने। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले त उम्मेदवारी फिर्ता लिएर राष्ट्रियसभा सदस्य बन्नसमेत फकाएका थिए।

भरतपुर महानगरको प्रमुखको सिट माओवादी केन्द्रलाई दिएदेखि नै असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले पार्टी सभापति देउवालाई भेटेर उक्त निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेका थिए।

चितवन जिल्ला सभापतिसहित पुगेको टोलीलाई चुनावी तालमेलबारे पुनर्विचार गर्ने आश्वासन दिए पनि निर्णय गर्दा भने देउवाले उनीहरूको आग्रहलाई वेवास्ता गरे। स्थानीयस्तरमा छलफल र सल्लाह नै नगरी केन्द्रले गरेको चुनावी तालमेलको निर्णय भरतपुरका स्थानीय जनता, नेता र कार्यकर्ता सबैलाई मान्य हुन सकेन।

परिणास्वरुप गठबन्धनको चुनावी तालमेलको निर्णयसँगै सन्तुष्ट बन्न नसकेका कार्यकर्ताको समर्थनमा पौडेलले बागी उम्मेदवारी दिएका हुन्। बागी उम्मेदवारी दिएका पौडेल आफू जित्नेमा विश्वस्त छन्।

वडा तहमा कांग्रेसको राम्रो पकड भएको भन्दै जित्नेमा उनी ढुक्क छन्। बागी उम्मेदवार फिर्ता नलिने अडान लिएका पौडेलको राजनीतिप्रतिको प्रतिबद्धताको कांग्रेस नेता कार्यकर्ताले प्रशंसा पनि गरेका छन्। भरतपुर महानगरका २९ वटा वडामध्ये २० वटा वडा कांग्रेसले लिएको छ।

गठबन्धनले गरेको प्रलोभनदेखि पार्टीले गर्ने कारबाहीको समेत परबाह नगरी बागी उम्मेदवारीबाट पछि नहटेका उनलाई वास्तविक कांग्रेस कार्यकर्ता मान्नेहरू बढेका छन्।

राष्ट्रियसभाका पूर्वसांसद र तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुखसमेत बनिसकेका उनको स्थानीय स्तरमा लोकप्रियता पनि छ। कांग्रेसमा आस्था राख्ने भरतपुरका अधिकांश कार्यकर्ताले मत दिने उनले दाबीसमेत गरेका छन् । पौडेलले दाबी गरेजस्तै उनी भरतपुरको मेयर नबने पनि सत्ता गठबन्धनलाई भने ठूलो धक्का लाग्ने देखिएको छ।

यसले पनि भरतपुरमा उनका मतदाता थपिने सम्भावना छ। राष्ट्रियसभाका पूर्वसांसद र तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुखसमेत बनिसकेका उनको स्थानीय स्तरमा लोकप्रियता पनि छ। कांग्रेसमा आस्था राख्ने भरतपुरका अधिकांश कार्यकर्ताले मत दिने उनले दाबीसमेत गरेका छन् । पौडेलले दाबी गरेजस्तै उनी भरतपुरको मेयर नबने पनि सत्ता गठबन्धनलाई भने ठूलो धक्का लाग्ने देखिएको छ।

गठबन्धनको तर्फबाट महानगर प्रमुखको उम्मेदवारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहालले दिएकी छन्। पौडेलको बागी उम्मेदवारीले रेणुको भोट काटिएर एमालेलाई फाइदा हुन सक्ने भरतपुरका स्थानीयबासी बताउँछन्।

यस्तो नतिजा आउन सक्ने त्रासले गठबन्धनले पौडेललाई उम्मेदवारी फिर्ता लिन भनेको थियो। पौडेलले भने आफू सामान्य नागरिकको हैसियतले उम्मेदवारी दिएको भन्दै आफूसँग नतर्सिन आग्रह गरेका छन्।

देशभरका ६ वटा महानगरमध्ये सत्ता गठबन्धनको चुनावी तालमेलमा माओवादी केन्द्रको भागमा परेको एउटा मात्रै महानगर प्रमुखमा विवाद भएपछि गठबन्धनमा थप किचलो हुने विश्लेषण सुरु हुन थालेको छ।

राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले स्थानीय तहको चुनावका लागि भएको तालमेल स्थानीय तहसम्म मात्रै सीमित रहने बताएका छन्। उनले देश सञ्चारसँग भने, ‘भरतपुर महानगरपालिकामा बागी उम्मेदवार पछि नहट्दा एमालेलाई फाइदा हुन्छ। कसले कति मतले जित्छ वा हार्छ त्यो मतपरिणाम चुनावपछि नै देखिन्छ तर सत्ता गठबन्धनको उम्मेदवारमाथि नै बागी परेपछि विपक्षीलाई फाइदा पुग्छ।’

गठबन्धनकै कारण शेरबहादुर देउवा नेतृत्वको सरकार सम्भव भएको भन्दै स्थानीय तहको चुनावी तालमेलमा किचलो आउन नहुने उनको बुझाइ छ। यसले प्रदेश र संघको चुनावलाई पनि प्रभाव पार्ने उनले बताए।

चितवन जिल्लाभर ३ लाख ९५ हजार ६ सय ८५ मतदाता छन् भने भरतपुर महानगरपालिकामा मात्रै १ लाख ८५ हजार ७ सय ५२ जनाले मत दिँदै छन्।

बागी उम्मेदवारबाट टसको मस नभएका पौडेलले महानगर प्रमुखको बाजी मार्छन् भने निश्चित नभए पनि गठबन्धनको समर्थनले अघि बढाएको उम्मेदवारलाई ठूलै धक्का पार्ने भन्ने पक्का छ।

यो पनि पढ्नुहोस्

जगन्नाथ पौडेलसहित बागी उम्मेदवार कांग्रेसबाट निष्काशित

जगन्नाथ पौडेलसहित बागी उम्मेदवार कांग्रेसबाट निष्काशित

प्रधानमन्त्रीले फकाउँदा पनि जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता भएन

प्रधानमन्त्रीले फकाउँदा पनि जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता भएन

जगन्नाथ पौडेलमाथि सबैको नजर: फिर्ता लेलान् उम्मेदवारी?

जगन्नाथ पौडेलमाथि सबैको नजर: फिर्ता लेलान् उम्मेदवारी?

भरतपुरका बागी पौडेलले उम्मेदवारी फिर्ता लिए सांसद बनाउने प्रस्ताव

भरतपुरका बागी पौडेलले उम्मेदवारी फिर्ता लिए सांसद बनाउने प्रस्ताव

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?