गीतकार केसीको ‘आमा’ सार्वजनिक

गीतकार केसीको ‘आमा’ सार्वजनिक
+
-

काठमाडौँ – गीतकार तथा साहित्यकार खिम केसीको नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ।

प्युठानमा जन्मिएर हाल अमेरिकाको क्यालिफोर्नियालाई कर्मभूमि बनाएका गीतकार केसीले मातातीर्थ औँसी अर्थात् आमाको मुखहेर्ने दिनको अवसर पारेर सो गीत बजारमा ल्याएका हुन्।

लुकाएको मेरो माया, र म जहिले गीत ल्याइसकेका केसीको यो तेस्रो गीत हो।

यसअघिका गीतमा भन्दा यो गीतमा ‘आमा’ र बाल्यकालका यादहरू समेटिएको हुँदा यो गीत आफ्नो लागि पनि विशेष रहेको उनले बताएका छन्। उनी भन्छन्, ‘घर बाहिर हुँदा आमाको आवश्यकता झन् महसुस हुँदो रहेछ। त्यसैले यो गीतमार्फत फेरि बाल्यकालमा जाने प्रयास गरेको हुँ।’

लाटोकोसेरो फिल्म्सको प्रस्तुति रहेको केसीको सो गीतमा सनुप पौडेलले स्वर दिएका छन् भने राजन इसानले संगीत भरेका छन्।

बिजेस राजनले सम्पादन तथा निर्देशन गरेको गीतको भिडियोको छायाँकन नीरज श्रेष्ठले गरेका छन् भने एसियन म्युजिक कम्पनीले बजारमा ल्याएको छ।

गीतको भिडियोः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?