
पन्जाब किङ्सलाई २० रनले हराउँदै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ टी–ट्वान्टी क्रिकेटमा छैटौँ जित निकालेको छ।
पुनेमा शुक्रबार लखनउले दिएको १५४ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनायो।
पन्जाबका जोनी बेयर्सटोले सर्वाधिक ३२ रन जोड्दा कप्तान मायांक अग्रवालले २५ रन बनाए। लखनउका मोसिन खानले ३ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनायो। लखनउका क्विन्टन डी ककले सर्वाधिक ४६ रन जोड्दा दिपक होडाले ३४ रन बनाए।
पन्जाबका कागिसो राबडाले ४ विकेट लिए । लखनउले ८ खेलबाट १२ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। पन्जाबले ९ खेलबाट ८ अंक जोड्दै सातौँ स्थानमा छ।