सामाजिक सञ्जालमा आमाका अनुहार

सामाजिक सञ्जालमा आमाका अनुहार
+
-

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। हरेक वैशाख कृष्ण औँसीका दिन मनाइने यो दिन आमालाई माया गर्ने हरेक सन्तानको लागि निकै महत्त्वपूर्ण दिन पनि हो।

यस दिनमा आमालाई विभिन्न किसिमका मिष्ठान्न परिकार, गरगहना, कपडा तथा विभिन्न किसिमका उपहार दिएर आमाको आशीर्वाद लिने तथा आमालाई खुसी बनाउने गरेको पाइन्छ।

आमालाई भौतिक रूपमा भेट्न संभव नभएका अथवा आमाबाट टाढा रहेका सन्तानले आजको दिनमा आमालाई फोन, भिडियो तथा सामाजिक सञ्जालमार्फत् आमाको दर्शन गरी शुभकामना प्रदान गर्ने आमाप्रतिको प्रेमभाव प्रकट गर्ने गर्दछन्।

गायक हेमन्त शर्माले आमा प्रतिको प्रेमभाव यसरी प्रकट गरेका छन् :

साहित्यकार नेत्र एटमले आमा प्रतिको प्रेमभाव यसरी प्रकट गरेका छन्:

शास्त्रमा आमालाई उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूलो मानिन्छ। आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद् थाप्ने दिनको रुपमा रहेको आजको दिनमा सामाजिक सञ्जालमा आमाको तस्बिर राखेर आमाप्रतिको प्रेम, आमाले गरेका दुःख र भावना प्रकट गरेको पाइन्छ।

आजको दिनमा आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराउने गर्दछन्।

साहित्यकार नरेन्द्रराज प्रसाईं र इन्दिरा प्रसाईंले आमा प्रतिको प्रेमभाव यसरी प्रकट गरेका छन्:


मातातीर्थको उत्पत्तिका सम्बन्धमा विभिन्न कथा प्रचलित छन्। त्यसमध्येको एउटा किंवदन्ती यस्तो छः धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो। एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो। उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो। अरू गोठालाले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटी मात्र अलप भए।

कथाअनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन्। त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो। दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन। सो कुरा चाल पाई गाउँलेले औँसीको दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले श्रद्धापूर्वक दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई मातातीर्थ नामकरण गरियो।

तपाईँहरुसँग आमाबारे कुनै स्मृति वा अनुभूति छ भने हामीलाई deshsanchar@gmail.com मा लेखी पठाउनुस्। उपयुक्त सामग्री हामी प्रकाशन गर्नेछौँ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?