
काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले आज दर्ज्यान चिन्ह लगाउँदै छन्।
गृहमन्त्रालयले सोमबार बिहान महानिरीक्षक सिंहलाई दर्ज्यान चिन्ह प्रदान गर्ने भएको हो।
महानिरीक्षक सिंहलाई गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यान चिन्ह लगाउने कार्यतालिका रहेको छ।
सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै द्वयः एआईजी विश्वराज पोखरेल र सहकुल थापा भने असन्तुष्ट छन्।