माओवादी केन्द्रका १ वडाअध्यक्ष्य सहित २२ जना एमाले प्रवेश

माओवादी केन्द्रका १ वडाअध्यक्ष्य सहित २२ जना एमाले प्रवेश
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा–१५ का वडाध्यक्ष उम्मेदवार रत्नकाजी महर्जनसहित २२ जनाको टोली नेकपा (एमाले) प्रवेश गरेको छ । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र काठमाडौँ जिल्लाका इञ्चार्ज एवं स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठले टिका लगाएर पार्टी प्रवेश गराएका हुन्।

पार्टी प्रवेशपछि सम्बोधन गर्दै महर्जनले वामआन्दोलनको नेतृत्व माओवादीले गर्न नसक्ने ठहर गर्दै एमाले प्रवेश गरेको बताए। ‘म २०३६ सालदेखि निरन्तर वामआन्दोलनमा सक्रिय रहँदै आएको व्यक्ति हुँ,’ महर्जनले भने, ‘०५४ सालमा नेकपा (एमाले) विभाजन हुँदा म मालेतिर लागे । दुई पार्टी एक हुँदा केही वर्ष कतै पनि आवद्ध नभइ बसेको थिएँ । पछि माओवादी ठिक ठानेर त्यहि पार्टीमा लागेँ । तर, त्यो पार्टीले वामआन्दोलनको नेतृत्व गर्न नसक्ने ठहर गर्दै आज म २५ वर्षपछि पुरानै घर फर्किएको छु । पुरानो घर फर्किदाँ निकै उत्साहित छु ।’

उनले अहिले नेकपा (एमाले) तर्फका उम्मेदवार केशव स्थापित पुरानो साथी भएको भन्दै अब थप उत्साहका साथ केवश स्थापितको टिमलाई जिताउन हिँड्ने बताए।

सोमबार एमाले प्रवेश गर्नेहरुमा महर्जनसहित १६ जना वडा कमिटीमा आवद्ध रहेका छन् माओवादीको साधारण सदस्य रहेका थिए।

केही दिन अघि मात्रै पनि नेकपा माओवादी केन्द्रका तर्फबाट काठमाडौँ महानगरपालिका वडा–१३ को वडाध्यक्षको उम्मेदवार बनेका रामशरण डंगोल पनि नेकपा (एमाले) प्रवेश गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?