इकमर्शलाई लिएर सरकारसँग स्पष्ट नीति नहुनु प्रमुख चुनौतीः फुडमाण्डु

इकमर्शलाई लिएर सरकारसँग स्पष्ट नीति नहुनु प्रमुख चुनौतीः फुडमाण्डु
+
-

फुडमाण्डू यतिबेला नेपाली बजारमा लोकप्रिय ब्रान्ड हो। ग्राहकको घरघरमा खानेकुरा डेलिभरी गरी आवश्यकता अनुसारको सेवा प्रदान गरेका कारण यो एउटा लोकप्रिय ब्रान्डको रुपमा स्थापित हुन पुग्यो।

काठमाडौँ जस्तो ब्यस्त सहर, जहाँका मानिससँग समय निकै कम छ। उनीहरुको आवश्यता बुझि सेवा विस्तार गर्नु यसको प्रमुख सवल पक्ष हो।

स्थापना कालदेखि नै ग्राहकको मन जिल्न सफल यस फुडमाण्डुले हालसालै रिब्रान्डिङ् गरेको छ। यसै सन्दर्भमा देश सञ्चारले फुडमाण्डुका ब्राण्ड तथा मार्केटिङ् प्रमुख श्याम रत्नमालीसँग गरेको अन्तर्वार्ता संपादित अंशः

फुडमाण्डु त एउटा स्थापित भइसकेको ब्राण्ड हो। यो अवस्था फुडमाण्डुले रिब्राण्डिङ किन गर्यो?

रिब्राण्डिको मूख्य उद्देश्य नै हाम्रा ग्राहकहरुको आवश्यकतालाई अझ राम्ररी बुझेर उहाँहरुलाई गुणस्तरीय सेवा दिनु हो। साथै हाम्रो ब्रान्ड प्रसनालिटीका विभिन्न पक्षहरुलाई हाईलाइट गर्नु पनि हो।

ब्रान्डको रुपमा हामी सुरुदेखि नै केही नयाँ आईडिया र अथोन्टिक तरिकाबाट प्रस्तुत हुँदै आइरहेका छौँ। हाम्रो नयाँ लोगोले पनि यसको भावना प्रतिविम्ब गर्दछ।

लोगोमा रहेको आकृतिले बाफको प्रतिनिधित्व गर्छ। हामीले ताजा र तातो खाना खाँदा जे सुखद् अनुभव गछौँ, हामी हाम्रो ग्राहकहरुलाई त्यस्तै राम्रो अनुभव दिन प्रतिवद्ध छौँ भन्ने कुरा यस आकृतिले भन्न खोजेको छ।

लोगोमा रहेको पहेलो रङ्गले उत्साह, खुसी र उर्जालाई प्रतिनिधित्व गर्दछ। र यो रङ्ग टाढैबाट चिन्नपनि सजिलो छ। र कालो निलो रङ्ले गम्भीर र समर्पित कार्यलाई बुझाँउछ जुन हाम्रो प्राथमिकतामा सधै रही आइरहेको छ र रहने पनि छ ।

फुडमाण्डुले सुरुमा गरेका संघर्षहरु र अहिलेको अवस्था कस्तो छ?
फुडमाण्डु एकदमै नयाँ सोचबाट सुरु भएको थियो। त्यो बेला हामी के गर्छौँ भनेर बुझाउँन नै गाहे थियो। रेष्टुरेन्ट र ग्राहकहरुलाई जानकारी गराउनु नै मुख्य चुनौती थियो। सँगै विश्वसनियताको पनि कुरा थियो।

अहिलेको अवस्था धेरैनै फरक भैसकेको छ। खाना अनलाइन अर्डर गर्नु नयाँ जीवनशैलीको एउटा अङ्ग भैसकेको छ। टेक्नोलोजिको द्रुत विकास र विश्वबजारको इन्फमेशनकोे सजिलो पहुँचले गर्दा आज अनलाइन अर्डर गर्ने भनेको के हो भनेर बुझाइराख्नु परेको छैन।

फुडमाण्डुले युवा पुस्तासँगै थुप्रैलाई रोजगारीको अवसर प्रदान गरीरहेको छ तर यसभित्र पनि चुनौतीहरु छन् होला नि कस्तो छ अवस्था?
कम्पनी वृद्धिसँगसँगै रोजगारीको थप अवसर पनि सृजना भएको छ। हाम्रो ब्यापार मोडेल नै त्यस्तै छ। जति धेरै अर्डर प्राप्त हुन्छ त्यतिनै कर्मचारीको आवश्यकता पर्छ। अझ डेलिभरी राईर र कस्टमर सपोर्ट त सिधै अर्डर संख्यामा भरपर्छ । हरेक १५ र २० थप अर्डरमा एक जना राईर र कस्टुमर सपोर्टको आवश्यकता भैसकेको हुन्छ।

अहिलेको हाम्रो मूख्य चुनौती भनेको नै आवश्यकता अनुसारको डेलिभरी राईडर पाउन नसक्नु हो। हाम्रो ग्रोथको एउटा मुख्य खम्बा नै डेलिभरी राईडर हनु हो।

इकमर्शलाई लिएर सरकारसँग स्पष्ट नीति नहुनु र स्टार्टअप र ईकमर्श कम्पनीको महत्व राम्ररी नबुझ्नुले पनि, जुन हिसाबमा हाम्रा छिमेकी देशहरुमा र विश्वमा यस्तो इन्डस्ट्रको तीव्र विकास भैरहेको छ, त्यति हाम्रोमा हुन सकिरहेको छैन।

फुडमाण्डुले दिने सर्भिस र त्यसको गुणस्तरमा फुडमाण्डु कतिको जिम्मेवार हुन्छ?

सर्भिस र गुणस्तरमा हामी सँगसँगै हाम्रा पार्टनर रेष्टुरेन्टहरुको पनि उत्तिकै जिम्मेवारी र सहभागिता रहन्छ। उच्च गुणस्तर कायम राख्न हामी सधै रेष्टुरेन्टसँग सहकार्य गर्छाैँ। कुनै गुनासो प्राप्त गर्यो भने हामी तुरुन्तै उक्त ग्राहकसँग कुरागरी त्यस्को समाधान तिर लागि हाल्छौँ। खाना सम्बन्धी त्रुटि भएमा रेष्टुरेन्टसँग कुरा गरेर ग्राहकलाई चित्त बुझने गरी समाधान दिन्छौँ।

हजारौँ डेलिभरी हुँदा कहिलेकाही एक दुई वटामा त्रुटि हुनसक्छ। तर हाम्रो सबै टिम हरेक डेलिभरीमा सतर्क रहन्छौँ। र बेस्ट सर्भिस दिन हरेक पल प्रयासरत् रहन्छौँ।

फुडमाण्डु जस्ता थुप्रै कम्पनीहरु छन् उनीहरु सँग प्रतिस्पर्धा गर्न कतिको असजिलो छ?

यो महामारी पछि थुप्रै यस्तो सेवा प्रदायकहरु सुरु भएको छ। एक प्रकारको प्रतिस्पर्धा त छ नै। प्रतिस्पर्धा भन्दापनि म चाहिँ अवसर देख्छु सबैको लागि। सबै जना मिलेर बजार जति ठूलो बनाउन सक्यो, सबैका लागि राम्रो हो। अनलाइन डेलिभरीको बजार एकदम ठूलो छ। अहिले पनि हामी एकदम सानो बजारलाई मात्र सेवा उपलब्ध गराउन सकिरहेका छाैँ।

फुडमाण्डुलाई अझै अघिबढाउनलाई तपाईँ नयाँ सोच के छ?
सबभन्दा पहिले अनलाइन डेलिभरीको बजारलाई नै ठूलो बनाउनु पर्नेछ। ग्राहक संख्या त बढाउनु पर्ने नै छ। साथै पार्टन रेष्टुरेन्टहरुसँग मिलेर ग्राहक वर्गहरुलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउनु छ।

यो भन्दैमा हामीले अहिले गुणस्तरीय सेवा प्रदान नगरेको होइन तर ग्राहकहरुको अपेक्षालाई ध्यानमा राखि थप गुणस्तरीय सेवा दिनुपर्नेछ।

यसका साथ साथै निकट भविष्यमा डेलिभरीलाई छिटो छरितो बनाउँन हामी क्लाउड किचेन पनि सुरु गर्दैछौँ। हाम्रो मोबाईल एप र वेभसाइटलाई अझ ग्राहकमैत्री बनाउने र थप आकर्षक फिचरहरु थप्दैछाैँ।

देशका विभिन्न सहरहरुमा पनि हाम्रो सेवा लैजाने हाम्रो योजना छ। काठमाडौँ उपत्यका बाहेक अहिले पोखरामा पनि उपलब्ध छ हाम्रो सेवा ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?