
ललितपुर – स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरूले घरदैलो अभियानलाई तीव्रता दिन थालेका छन्।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ (पाँच दलीय) गठबन्धनको तर्फबाट टिकट पाएका ललितपुर महानगरपालिकाका मेयर पदका उम्मेदावार चिरिबाबु महर्जन सहितको टोली भाेट माग्न घरदैलो अभियानमा लागेका छन्।
उनी सहितको टोली आज मंगलबार ललितपुरको खरिबोट, एकान्तकुना, नख्खुदोबाटो लगायतका ठाउँमा जनताकाे घरदैलोमा गएका हुन्।
०७४ को निर्वाचनमा महानगरको मेयर पदमा निर्वाचित भएर पाँच वर्षे कार्यकाल पूरा गरेका महर्जन यसपाली पनि दोहोरिने दाउमा देखिन्छन्।
तस्बिरहरूः