इन्टरनेट सेवा अबरुद्ध नगर्न प्रदायक सहमत

इन्टरनेट सेवा अबरुद्ध नगर्न प्रदायक सहमत
+
-

काठमाडौं। देशव्यापी रुपमा बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने भएको छ।

सरकारले विदेशी मुद्रा सिफारिसमा रोक लगाएका कारण बन्द हुने भनिएको इन्टरनेट सेवा बन्द नहुने इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का अध्यक्ष सुधिर पराजुलीले बताएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अपस्ट्रिम प्रोभाइडर्स जस्ता कम्पनीलाई भुक्तानी गर्न विदेशी मुद्रा सिफारिस गर्न पूर्ण रूपमा बन्द गरेका कारण इन्टरनेट काटिने अवस्थामा पुगेको थियो।

गत शनिबार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बन्द भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको थियो।

सोमबार आइस्पानका प्रतिनिधि र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटबार्ता भएको थियो । भेटमा मन्त्री कार्की सकारात्मक देखिएपछि समस्या समाधान हुने अवस्था आएको आइस्पानका अध्यक्ष पराजुलीले बताएका हुन्।

‘मन्त्री ज्यूसँग हिजो बेलुका कुराकानी भएको थियो कुराकानीकामा उहाँले कुनै पनि हालतमा इन्टरनेट काटिनु हुँदैन त्यसका लागि मन्त्रालयले के गर्नु पर्छ त्यो गर्न तयार छ भनेर भन्नु भएको छ।’ उनी भन्छन्, ‘उहाँले भेटका क्रममा इन्टरनेट काटिनु हुँदैन बरु त्यसका लागि विदेशी मुद्राको सम्बन्धमा के गर्नु पर्छ त्यो काम हामी गर्छौं भन्नु भएको छ।’

कम्पनीले विगत ६ महिनादेखि भारतीय कम्पनीलाई शुल्क भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको उनले बताएका छन्।

हामीले जो बाट इन्टरनेट खरिद गर्दै आएका थियौं उहाँहरुले नेपालबाट विगत ६,७ महिनादेखि भुक्तानी भएको छैन यस्तो हो भने हामी इन्टरनेट दिन सक्दैनौं भन्नुभएको थियो त्यसैले इन्टरनेट बन्द हुने अवस्थामा पुगेको थियो।’

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन्।

सञ्चार मन्त्रालयले लामो समयदेखि बेरुजु देखाएर भुक्तानी रोकिदिएको छ।

उनी भन्छन्, ‘हामीले कर तिर्नु नपर्ने सन्दर्भमा कर तिर्नुपर्ने देखिएर बेरुजु देखिएको हो जुन हामीले सच्चाएर पठाइ सकेका छौं तर मन्त्रालयले महालेखालाई पठाउनुपर्ने कागजात ढिलो पढाइदिएकोले मात्र बेरुजु देखिएको हो हामीले तिर्नुपर्ने रकम होइन।’

छ महिनादेखि ब्यान्डविथको रकम भुक्तानी गर्न नसकेपछि भारतीय कम्पनीले इन्टरनेट बन्द गर्ने चेतावनी दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?