
काठमाडौँ – त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बम अहिलेसम्म नपाइएको अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
बुधबार बिहान विमानस्थलको आन्तरिक टर्मिनलमा आठवटा बम राखिएको हल्ला पछि सुरक्षाकर्मीले टर्मिनल भवन खाली गराएको थियो। सुरक्षाकर्मीले बम डिस्पोजल टोली लगेर यात्रुको सुरक्षाको लागि काम गरिरहेको थियो।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी हिमालयन कुमार श्रेष्ठले देश सञ्चारसँग भने ‘अहिलेसम्म बम भेटिएको छैन, हामी नर्मलाइज गर्दैछौँ।’
अज्ञात व्यक्तिबाट बम राखेको जानकारी आएपछि खोजी कार्य भएको एसएसपी भीमप्रसाद ढकाले जानकारी दिए।