‘२ घण्टामा बम बिस्फोट हुन्छ भन्दै फोन आयो’ : प्रवक्ता सिटौला

‘२ घण्टामा बम बिस्फोट हुन्छ भन्दै फोन आयो’ : प्रवक्ता सिटौला
+
-

काठमाडौँ – त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा शंकास्पद वस्तु राखिएको भन्दै टेलिफोन स्टेसनमा फोन आयाे। फाेन आएसँगै विमानस्थल अस्तव्यस्त भयाे। मानिसहरू अत्तालिन थाले। जहाजमा चढेकाहरूलाई ओराल्न थालियाे।

विमानस्थलकाे टेलिफाेन स्टेशनमा ९ बजेर ४० मिनेट जाँदा पहिलाे पटक फाेन आएकाे थियाे। त्यसपछि पुन: एकपटक फाेन आएकाे  त्रिभुवन विमानस्थलका प्रवक्त टेकनाथ सिटौलाले जानकारी दिए।

विमानस्थलमा बम नभेटिएको पक्का भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सिटौलाले भने, ‘यस विमानस्थलको आन्तरिक टर्मिनलमा ६ देखि ७ ठाउँमा बम राखिएको छ। २ घण्टामा बिस्फोट हुन्छ भने। त्यसपछि विमानस्थल प्रशासन, यहाँ कार्यरत नेपाल प्रहरी शसस्त्र प्रहरी, जनपथ प्रहरी सहितको टोलीले बम डिस्पोजल टोली ल्याएर आन्तरिक उडान क्षेत्रको सम्पूर्ण क्षेत्र, शौचालयसम्म पनि खोजियो केही भेटिएन।’

बम राखेको आशंकामा प्रहरीले आन्तरिक उडान बन्द गर्नुका साथै सम्पूर्ण यात्रुहरूलाई विमानस्थल बाहिर निकालेको थियो। झण्डै २ घण्टा उडान प्रभावित भएको विमानस्थकाे अवस्था अहिले भने सामान्य रहेको छ।

‘खबर पाउँनासाथ यात्रुहरूलाई सुरक्षित स्थानमा राखेर प्रहरीको सबै संयन्त्र, कुकुर परिचालन गरेर विमानस्थलको सबै ठाउँमा खोजी गर्‍याैँ’, एसएसपी भीम प्रसाद ढकालले भने, ‘खोजी गर्दा केही नभेटेपछि विमानस्थल पुन: सञ्चालनमा आएको हो।’

उनले विमानस्थलमा यस्तो खालको सूचना फेरि आए के गर्ने र अहिले आतंक फैलाउने व्यक्तिको खोजीको बारेमा पनि अनुसन्धान र कारबाही गर्ने पनि बताएका छन्।

यो पनि पढ्नुहोस्

सामान्य हुँदै अन्तर्राष्ट्रिय विमानस्थल (तस्विरसहित)

सामान्य हुँदै अन्तर्राष्ट्रिय विमानस्थल (तस्विरसहित)

‘बम भेटिएको छैन, नर्मलाइज गर्दैछौँ’ : त्रिभुवन विमानस्थल

‘बम भेटिएको छैन, नर्मलाइज गर्दैछौँ’ : त्रिभुवन विमानस्थल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?