
काठमाडौँ – यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफुर्ट भिड्ने भएका छन्।
बिहीबार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो। समग्रमा लाइपजित ३-२ को जित निकाल्न सफल भयो।
घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे। यस्तै, लाइपजिगका लागि क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे।
अर्को सेमिफाइनल खेलमा फ्रान्कफुर्टले वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको छ। फ्रान्कफुर्ट समग्रमा ३-१ ले विजयी भयो।
फ्रान्कफुर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औँ मिनेटमा निर्णायक गोल गरे।
दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ।