नेपालले जिम्बाब्वेलाई दियो १३७ रनको लक्ष्य

नेपालले जिम्बाब्वेलाई दियो १३७ रनको लक्ष्य
+
-

काठमाडौँ – एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्वे ‘ए’लाई नेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्‍यो।

नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। ७० बल खेलेका सोमपालले दुई चौका र एक छक्का प्रहार गरे।

यस्तै, करण केसीले २५ रन बनाउँदा कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले १८ रन जोडे। यसबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गत साता शनिबार नै नेपाल र जिम्बाब्वेबीचको तीन एकदिवसीय खेलको शृंखलाको तालिका रहेको थियो। तर, लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन।

त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन टी–२० शृंखला आयोजना गरेको थियो।

तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो। दोस्रो खेल वर्षाका कारण सम्भवन भएन। बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १–१ को बराबरी गरेको थियो।

नयाँ तालिकाअनुसार शुक्रबारबाट तीन एकदिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?