
काठमाडौँ- ड्युटीमा खटिएको प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा सिरहामा दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहाको धनगढीमाइ नगरपालिका-१२ बस्ने २७ वर्षीय अमन मगर र सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर मगर रहेको प्रहरीले जनाएको छ। उनीहरुले मदिरा सेवन गरी प्रहरीमाथी अभद्र व्यवहार गरेको अहारोपमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी आएका उनीहरुले ड्यूटीमा रहेको प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।