इलाममा १७ वर्षीया किशोरी बलात्कृत

इलाममा १७ वर्षीया किशोरी बलात्कृत
+
-

इलाम – इलाममा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनलाई बलात्कार गरेको आरोपमा बा।५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

उक्त गाडीमा काठमाडौँबाट ईलाम आएकी ती किशोरीलाई वैशाख २० गते राति इलाम नगरपालिका–७ मा पुग्दा गाडीका अन्य यात्रु झरेपछि किशोरले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गरेपछि किशोर फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनालाई लिएर पीडित किशोरीको बुवाले कुटपिट गर्दा गम्भीर घाइते भएका सोही गाडीका चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा नुवाकोट तारेकेश्वर गाउँपालिका-२ वगुवा बस्ने ३४ वर्षीय दिपक ढुंगाना रहेका छन्। उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो।

कुटपिट गर्ने व्यक्तिलाई समेत नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?