आईपीएलः चेन्‍नई र बेङ्गलोरको जित

आईपीएलः चेन्‍नई र बेङ्गलोरको जित
+
-

काठमाडौँ – दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) टी – २० क्रिकेट प्रतियोगितामा साविक विजेता चेन्‍नई सुपर किङ्सले चौँथो जित निकालेको छ।

आइतबार मुम्बईमा चेन्‍नईले दिएको २०९ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि मिचेल मार्शले सर्वाधिक २५ रन बनाए। चेन्‍नईका मोइन अलीले सर्वाधिक ३ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको चेन्‍नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०८ रनको योगफल तयार पारेको थियो।

चेन्‍नईका डेभोन कोन्वेले सर्वाधिक ८७ रन बनाए। दिल्लीका एन्रिच नोर्कियाले ३ विकेट लिए।

जितसँगै चेन्‍नई ११ खेलबाट ८ अंक जोडेर आठौँ स्थानमा छ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।

 

बेङ्गलोरको सातौँ जित
आइतबार नै भएको अर्को खेलमा सनराईजर्स हैदरावादलाई ६७ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेङ्गलोरले प्रतियोगितामा सातौँ जित निकालेको छ ।

मुम्बईमा बेङ्गलोरले दिएको १९३ रनको लक्ष्य भेट्टाउनु अघि हैदरावाद १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १५ रनमा समेटियो ।

हैदरावादका राहुल त्रिपाठीले सर्वाधिक ५८ रन बनाए । बैंगलोरका वानिन्दु हसरंगा सर्वाधिक ५ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको बेङ्गलोरले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनायो ।

बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक ७३ रन बनाए । हैदरावादका जगदीश सूचितले २ विकेट लिए ।

जितसँगै बेङ्गलोर १२ खेलबाट १४ अंक जोडेर चौंथो स्थानमा छ । हैदरावादले ११ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?