विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादनमा सबैको क्रियाशीलता आवश्यकः कामु प्रधानन्यायधीश कार्की

विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादनमा सबैको क्रियाशीलता आवश्यकः कामु प्रधानन्यायधीश कार्की
+
-

काठमाडौँ – कानुन दिवस २०७९ को अवसरमा कायम मुकायम प्रधान न्यायाधीश दिपककुमार कार्कीले न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागी छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउन आवश्यक रहेको बताएका छन्।

प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष २६ वैशाखमा कानुन दिवस मनाइँदै आएको छ।

स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरण सम्बन्धी मान्यताको व्यवहारिक कार्यान्वयन गर्दै कानुनी शासनको पालनामा कोशेढुंगा सावित भएको उक्त दिनको महत्व रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

कानुन दिवस २०७९ को शुभकामना दिँदै कामु कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसंगती पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औल्याएका सुझावहरु कार्यान्वयन गर्दै न्यायपालिका प्रतिको जनताको आस्था र विश्वास अभिवृद्धि गर्नको लागी छिटो छरितो, विश्वसनीय एवं गुणस्तरीय न्याय सम्पादन गर्ने कार्यमा सबैले आ-आफ्नो क्षेत्रबाट थप क्रियाशीलता देखाउँन आवश्यक रहेको उल्लेख गरिएको छ।

‘न्याय गरेर मात्र हुँदैन गरेको जस्तो पनि देखिनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै न्यायिक कारवाही एवं प्रक्रियामा कुनै पनि कोणबाट शंका एवं अविस्वास पैदा हुन नसकोस् भन्ने उद्देश्यले स्वचालिन पेसी व्यवस्थापन पद्धति लागूगर्ने सम्बन्धमा प्राप्त अध्ययन प्रतिवेदनले सुझाए अनुसार स्वचालित पेशी व्यवस्थापना पद्धति लागू गर्नको लागि आवश्यक पर्ने सफ्टवेयर निर्माण लगायत प्राविधिक पक्षको तयारी र सोका लागि आवश्यक पर्ने बजेट निकासाका लागि प्रक्रिया अगाडि बढाइएको छ। स्वचालित पेसी व्यवस्थापन पद्धति लागू नहुँदासम्मको लागि अल्पकालिन उपायको रुपमा गोला प्रक्रीयाद्वारा पेसी व्यवस्थापन गरी न्यायिक प्रक्रियामा पारदर्शिता एवं स्वच्छताको पूर्ण प्रत्याभूति गरिएको छ।’

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण सेवा प्रवाहमा ल्याउनुपरेको संकुचनको शीघ्र न्याय सम्पादनको कार्यमा केही अवरोध सिर्जना भै अदालतहरुमा पुराना मुद्दाहरुकको चाप बढेकोले पुरना मुद्दाहरुको शिघ्र फछ्यौट गर्नका लागि हरसंभव प्रयास गरिएको, फैसला कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

पीडित राहत कोषको प्रभावकारी परिचालनमा सरोकारवाला सबैको सकारात्मक पलह आवश्यक रहेकोले यसमा काम गर्ने र न्यायप्रणालीको सबै क्षेत्रमा सुधारमा काम गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?