टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न

टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न
+
-

काठमाडौँ – नेपाल हाईकु केन्द्रको आयोजनमा टौदहमा ‘ऋतुगत हाईकु यात्रा’ सम्पन्न भएको छ।

वशन्त ऋतु र मच्छिन्द्र नाथको रथ यात्राको सन्दर्भ जोडेर शनिबार टौदहमा आयोजित ‘ऋतुगत हाईकु यात्रा’ २० जना हाइजिनहरूले हाईकु त्यहाँको प्राकृतिक वातावरणमा विचरण गर्दै स्थलगत रूपमै हाइकु रचना गरी वाचनसमेत गरेका थिए।

कार्यक्रमको शुभारम्भमा वरिष्ठ साहित्यकार, हाँस्यब्यङ्ग लेखक तथा नेपाल हाईकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले हाईकुको विकास र विस्तार जापनबाट भएको भएपनि अहिले यसको विश्वब्यापी लोकप्रियता रहेको बताए।

प्राकृतिक बिम्ब प्रयोग गरी १७ अक्षरमा लेखिने खँदिलो साहित्य भएकाले यसको सिर्जना गर्न साधना नै हुनुपर्ने बताउँदै उनले ऋत र प्रकृतिको सम्बन्ध रहेकाले यात्रा हाइकुलाई जोड दिएको प्रष्ट पारे।

कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै नेपाल हाईकु केन्द्रका उपाध्यक्ष डा.मित्रबन्धु पौडेलले हाईकु यात्रालाई विगत केही वर्षदेखि निरन्तरता दिँदै आएको उल्लेख गरे।

यसअघिका कार्यक्रममा वाचित सिर्जनालाई कृतिका रूपमा संग्रहित गरिएको स्मरण गराउँदै सिर्जनाको अभिलेखिकरण अपरिहार्य रहेकोमा जोड दिए।

टौदहको इतिहास र सुन्दरताकाबारे वणर्न गर्दै हाईकु लेखनलाई एक घण्टा समय दिइएको थियो।

लेखन कार्य सकिएपछि हाइजिनहरूले टौदहको सुन्दर वातावरणमा तत्काल रचना गरेका १०र१० हाईकु बाचन गरिएका थिए।

कार्यक्रममा रामकुमार पाँडे, शिरोमणि दवाडी, राम दयाल राकेश, मित्रबन्धु पौडेल, घनश्याम गौतम ‘नक्कली प्रचण्ड’, किशोर बज्र बज्राचार्य, पशुपति दँगाल, विजयराज आचार्य, चन्द्र कला शाह, विष्णु तिवारी, शान्ति सापकोटा, गोपाल नेपाल, किरण पौडेल, असोक मानसिंह , सरस्वती पन्त, यादब ढुङ्गाना र पत्रकार सानू घायल लगायतका श्रष्टाहरूले हाइकु सिर्जना प्रस्तुत गरे।

६ ऋतुहरुको विषयमा हाईकु लेख्ने अभियान अनुरुप वसन्त ऋतुका अवसरमा यस वर्षको कार्यक्रम प्रारम्भ गरिएको कार्यक्रम सञ्चालक सन्चारकर्मी शिरोमणि दवाडीले जानकारी गराए।

यसै अवसरमा डा.मित्रबन्धु पौडेलद्वारा रचित अंग्रेजी हाइकु संग्रह ‘द हिमालयन आउट पौर’ र डा. यादव ढुङ्गानाद्वारा रचित कविता संग्रह ‘भावना-२’ पनि विमोचन गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?