चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन्ः अध्यक्ष ओली

चुनावमा पाँचवटा बाँदर छन्, मतपेटिका खोस्न सक्छन्ः अध्यक्ष ओली
+
-

पोखरा – एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धनलाई पशुपतिको बाँदरसँग दाँजेर मतपेटिका लुट्न सक्ने आरोप लगाएका छन्।

‘पशुपतिमा फूलपाती लिएर गयौँ भने फूलपातीको टोकरी बाँदरले खोजेर लान सक्छ,’ उनले भने, ‘त्यहाँ त एउटा बाँदर आउँछ। यहाँ (चुनावमा) पाँचवटा छन्। हामी सतर्क हुन जरुरी छ। धाँधलीबाट परिणामलाई तलमाथि हुन दिनुहुँदैन।’

गठबन्धनले धाँधली गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन उनले कार्यकर्तालाई सुझाएका छन्।‘पाँचदलीय गबठन्धन भोटले जित्ने होइन। भोटले हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन्। के के गर्न सकिन्छ नचाहिँदो त्यही गर्छन्,’ उनी भन्छन्, ‘गठबन्धनमा आफ्ना मात्रै मान्छेलाई प्रवेश गर्न दिने नीति छ। एमालेलाई पार्टी मात्रै होइन लोकतन्त्र जित्ने कुरामा छौँ। हामी जनताले दिएको मतबाट जित्ने पक्षमा छौँ। कसैले शान्ति सुब्यवस्थामा खलल पार्न खोज्छ भने, धाँधली गर्न खोज्छ भने हामीले रोक्नुपर्छ। बाकस एकछिन पनि आँखाबाट ओझेलिन दिनु हुँदैन।’

उनले निर्वाचन आयोग र प्रशासनलाई भयरहित वातावरणमा तटस्थ भएर चुनाव गर्न सुझाए। ‘एमालेलाई प्रशासन र प्रहरीको सहयोग चाहिँदैन। मतदाताबाट सहयोग छ,’ ओलीले भने, ’तपाईंका सहयोग एमालेलाई चाहिँदैन।
तटस्थ निर्वाचन गराउनुस्।’ उनले गठबन्धन झाडीमा जन्मिएको भन्दै कसैले साथ नदिने टिप्पणी गरेका छन्।

‘परमादेशबाट आएको गठबन्धन हो। कसले फालेको हो थाहा छैन। यस्तो गठबन्धनलाई कसैले साथ दिन्छ भन्ने लाग्दैन,’ उनले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?