विवेकशील साझाका पनौती नगरपालिकाका मेयर उम्मेदवारसँग अन्तर्वार्ता

‘मतदाताहरु नेतृत्वमा युवा आउनुपर्छ भन्छन् तर भोट हाल्दैनन् ( भिडियो )

+
-

स्थानीय तहको चुनाव आउन अब चार दिन मात्र बाँकी छ। विभिन्न राजनीतिक दलका उम्मेदवारहरु अहिले प्रचार–प्रसारमा व्यस्त छन्। पछिल्लो समय युवा पुस्ताले पनि राजनीतिमा सक्रियता देखाउन थालेका छन्।

यसैबीच काभ्रेको पनौती नगरपालिकामा विवेकशील साझा पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका युवा भुषणकुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँः

१) स्थानीय तहको चुनाव आउन केही दिन मात्र बाँकी छ, तपाईंको तयारी कस्तो छ?

– हामीले सकेको तयारी गरिराखेका छौँ। नोमिनेशन दिएको दिनदेखि आजसम्म घरदैलो तथा व्यक्तिगत रुपमा चिया पसलमा भटेर मानिसहरुलाई कनभिन्स गरिराखेका छौँ। आफ्नो घोषणा पत्रमा भएका कुराहरु सकेसम्म डिजिटल्ली सन्देश दिइराखेका छौँ।

२) पनौती नगरपालिकामा तपाईंको उम्मेदवारी किन?

– पनौती नगरपालिका काठमाडौँ महानगरबाट एकदमै नजिक छ। धेरै सम्भावना भएर पनि पनौती पछाडि परिरहेको छ। पनौतीमा स्थायी बासका लागि मान्छे जान चाहँदैनन् तर पनौतीमा एउटा जात्रा हुँदा कोटेश्वरमा जाम हुन्छ।

यति धेरै प्रख्यात ठाउँमा धेरै पर्यटकहरुको चहलपहल पनि छैन। नगरपालिकामा अहिले जसले नेतृत्व गरिरहनु भएको छ, उहाँले प्रभावकारी रुपमा काम गर्न सक्नुभएन, त्यसकारण मैले उम्मेदवारी दिएको हुँ।

३) मेयर पदका लागि तपाईंलाई आफू कत्तिको योग्य छु जस्तो लाग्छ?

– अहिले पनौती नगरपालिकामा विभिन्न पार्टी गरेर मेयर पदका लागि ९ जना उम्मेदवार हुनुहुन्छ। ती सबैमध्ये म आफू योग्य छु जस्तो लाग्छ मलाई।

म एक सक्षम, पढेलखेको र क्यापेबल युथ हुँ। र एक व्यवसायी पनि हुँ। त्यसैले यदी म पनौतीको नगर प्रमुख भएमा उद्योगको लागि राम्रो वातावरण क्रिएट गर्न सक्छु। यस्तै धार्मिक तथा प्राकृतिक दुवै पर्यटकलाई राम्रो नीतिसँग तान्ने मेरो लक्ष्य पनि छ।

४) पनौती विश्व सम्पदा सूचीमा परेको ऐतिहासिक सहर पनि हो। सम्पदा संरक्षणमा तपाईंले कस्ता खालका योजना बनाउनुभएको छ?

– गत माघमा पनौतीमा मकर मेला चल्दा काठमाडौँसम्म जाम भयो। यति धेरै मान्छे जाने धार्मिक ठाउँमा मकर मेला सक्किनेबित्तिकै भने सुनसानको अवस्था छ। त्यहाँ हाम्रो आफ्नै संस्कृति छ। आफ्नै धरोहर छ। मठमन्दिरहरु एकदमै राम्रो छ। तर उचित संरक्षण नगरिएकाले पर्यटकहरुले रुचाएका छैनन्।

सम्पदाहरुमा रंग रोगनहरु गरिएका छैनन्। आवश्यक पूर्वाधार तथा आतिथ्यता छैन। सिभिलाइजेसन राम्रोसँग भएको छैन। घुमेपछि खाजा खाने राम्रो ठाउँ पनि छैन। नाइट स्टेको लागि अघिल्लो दिनमै बुकिङ गरेर जानुपर्ने अवस्था छ। त्यसकारण नगरपालिकाले आन्त्रिक तथा बाह्य दुवै पर्यटक भित्र्याउनका लागि यी सबै कुराहरुमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई।

नगरपालिकाले पार्टनरशीपमा त्यस्तो खालको संरचना बनाइदिएर रोजगारीको अवस्था सिजर्ना गरिदिनुपर्छ। ताकि, त्यहाँका मान्छे साधारण कामका लागि काठमाडौँ जान नपरोस्।

५) पनौतीलाई नमुना नगरपालिकाको रुपमा स्थापित गर्छु भन्नुभएको छ। त्यसका लागि योजना के–के छन्?

– हाल पनौतीका बासिन्दालाई नगरपालिकाको बजेट कति छ पनि थाहा छैन। वास्तवमा नगरपालिकाको बजेट अर्बौँ छ, तर उचित व्यवस्थापन भएको छैन।

पहिला त हामीले त्यहाँका सम्पदालाई संरक्षण गर्नुपर्छ। उद्योग र पर्यटनमा पनि विशेष पहल गर्नुपर्छ। अहिले विद्युतीय बसको यति राम्रो डिमाण्ड भइरहेको बेलामा हामीले नगरपालिकासँग मिलेर एउटा साझा बस लग्दिने हो भने त्यो धेरै नै उपयुक्त हुन्छ। अब नगरपालिकाको मेयर छान्दा हामीले डिजिटल रुपमा पोख्त मानिसलाई छान्नुपर्छ।

कृषिमा जे गर्न चाह्यो, त्यो गर्न सकिने खालको सम्भावना छ। सार्वजनिक जग्गा पनि त्यत्तिकै छ। फ्याक्ट्रीहरु खोलेर स्थानीय जनतालाई कसरी धेरैभन्दा धेरै रोजगारी दिने भन्नेबारे ध्यान केन्द्रित गर्न जरुरी छ। तर यसरी नै पनौतीबासीहरु काठमाडौँ सर्ने क्रम जारी भएमा पनौतीमा पूजा गर्ने र जात्रा चलाउने मान्छे नहुने बेला आउन पनि सक्छ।

बाटो मात्र ढलान गर्ने होइन। बाटोभन्दा पहिला उद्योग खोल्नुपर्छ भन्ने मेरो योजना हो। पनौती नगरपालिका अथाह सम्भावना बोकेको नगरपालिका हो। कम्तिमा पनि हरेक वर्ष हामीले त्यहाँ १२ सय मानिसलाई रोजगारी दिन सक्छौँ।

६) तपाईंको प्रतिवद्धता पत्रमा के–के कुरालाई समेट्नुभएको छ?

– नगरका सबै वडामा जेष्ठ नागरिकको लागि डे केयर सेन्टर तथा नगरभित्र सुविधा सम्पन्न वृद्धाश्रम खोल्छु भनेको छु। किनभने अहिले पनि मैले मेरो आफ्नो वडा नं. १० मा ‘साहारा जेष्ठ नागरिक समाज’ भन्ने खोलेर महासचिव भएर जेष्ठ नागरिकको सेवा गरिराखेको छु।

यस्तै नगरका पाँच वटा सरकारी स्कुललाई थ्री स्टार अथवा फाइभ स्टार लेभलको सुविधायुक्त स्कुल बनाउने छु। अहिले धेरै विद्यार्थीहरु १२ सक्ने वित्तिकै विदेश जान खोज्छन्। उनीहरुलाई एउटा केही न केही रुपमा उद्योगी बनाएर गाउँमै राख्ने खालको व्यवस्था गर्नुपर्छ।

पनौतिबाट काठमाडौँ त्यति टाढाको दूरी हैन। त्यसकारण पनौती नगरपालिकालाई फिल्मको छायांकनका लागि उपयुक्त स्थल पनि बनाउन सकिन्छ।

त्यसैगरी कृषिमा नागरिकलाई त्यहाँ ससटेन गराउनका लागि हामीले विभिन्न योजनाहरु लानुपर्छ। त्यसमा पनि पछिल्लो समय बाँदर तथा बँदेलहरुले कृषिमा नष्ट गरिराखेको छ, त्यसको लागि क्षतिपूर्ति, राहत प्याकेज तथा कसरी समाधान गर्न सकिन्छ विज्ञसँग सल्लाह सुझाव लिनुपर्छ।

यस्तै अव्यवस्थित पार्किङलाई स्मार्ट पार्किङको रुपमा रुपान्तरण गर्नेछु। पनौती नगरपालिकालाई नेपालको नमुना नगरपालिकाको रुपमा स्थापित गर्न पनौतीबाट काठमाडौँ चल्ने सबै सार्वजनिक बसलाई विद्युतीय सवारीको रुपमा रुपान्तरण गर्नेलगायत धेरै प्रतिवद्धताहरु छन्, जुन मैले डिजिटल माध्यमबाट पनि सार्वजनिक गरेको छु।

७) जित्छु भन्ने तपाईंको विश्वास कतिको छ?

विश्वास त भइ नै हाल्छ। तर मेरो सोचाइ चाहिँ के हो भने हामीले जितेनौँ भने पनि हाम्रो एजेण्डाहरु स्थापित होस्।

८) अन्तिममा, स्थानीय जनताले तपाईंलाई विश्वास गर्नुपर्ने आधार के त?

– हामीले सधैँ पुराना नेताहरुले केही गरेन भन्छौँ। युवाहरु राजनीतिमा आउनुपर्छ भन्ने बोली सुनिन्छन्। तर भोट हाल्ने हिम्मत भने कसैले पनि गर्दैनन्।

त्यसैले हिम्मत गर्नुहोस्। यो गोप्य मतदान हो। मासुभात जुनसुकै पार्टीको खाइदिनुस्, र्‍यालीमा जानुस् तर भोट हाल्ने बेलामा योग्य व्यक्ति छानेर हाल्दिनुस्। मैले जति पनि अहिले कुरा गरेँ म यी कुराहरु पूर्ण गर्नेछु। मलाई विश्वास गर्नुको आधार पनि मेरो इमानदारीता नै हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?