सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

सागकी स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला
+
-

काठमाडौँ – भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन्।

१३ औँ सागकी स्वर्ण पदक विजेता चौधरी आज मंगलबार बिहान झुन्डिएकाे अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

बिहान ६ बजे घरबेटीले ढाेका नखुलेपछि हेर्न जाँदा उनी झुन्डिएकाे अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

चाैधरी पंखा राख्ने हुकमा सलकाे पासाे लगाई झुन्डिएकाे अवस्थामा फेला  परेकाे एसपी शाहले बताए।

नेपालगञ्जकी २४ वर्षीया चौधरी हाल काठमाडौँमा सञ्जीव  महर्जनको घरमा बस्दै आएकी थिइन्।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्।

घटनाबारे विस्तृत विवरण भने खुल्न बाँकी छ। ‍ घटनाकाे अनुसन्धान गरिरहेकाे एसपी शाहले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?