एमालेबाट बुटवलका मेयर उम्मेदवारकी श्रीमतीलाई प्रहरीले सचेत गराएर छाड्यो

एमालेबाट बुटवलका मेयर उम्मेदवारकी श्रीमतीलाई प्रहरीले सचेत गराएर छाड्यो
+
-

बुटवल – नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई प्रहरीले सचेत गराएर छाडेको छ।

बुधबार दिउँसो बुटवल ११ मजुवाको सुकुम्बासी बस्तीमा पुगेर मतदातालाई प्रभावित गर्न खोजेको भन्दै स्थानीयले विरोध गरेका थिए। स्थानीयले उनी मतदातालाई प्रलोभनमा पार्ने प्रयास गरेको भन्दै विरोध गरेका थिए।

मौनअवधिमा स्थानीयसँग भेटघाट गर्दै हिँडेको सूचनाका आधार स्थानीय युवाहरू पुगेपछि उनी नजिकैको घरभित्र पसेर बाहिरबाट चाबी लगाउन पठाएकी थिइन्।

स्थानीयको दबाबमा प्रहरीले कांग्रेस नेतृ रीता केसी, एमाले नेतृ ज्ञानु केसी, घरधनी सिर्जना भुसाल र अन्य महिलाहरूको रोहवर र सहमतिमा प्रहरीले ताला फोडेको थियो।

ताला फोडेर हेर्दा उम्मेदवारकी श्रीमती माया भट्टराई ढोका पछाडि लुकेर बसेको अवस्थामा फेला परेकी थिइन्। उनी घरभित्र भेटिएपछि स्थानीयले मतदाता किन्न खोजेको भन्दै नाराबाजी गरेका थिए। उनी बसेको घरमा प्रहरीले खानतलासी गरेपनि केही पनि फेला नपरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले बताए।

उनले मौन अवधिमा सुकुम्बासी बस्तीमा गएको विषयमा भट्टराईलाई सचेत गराएर छाडिएको उनले बताए। तर, स्थानीयले भने प्रहरीले राम्रोसँग खानतलासी नगरेकोले केहीपनि नभेटिएको दाबी गरेका छन्।

नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका–११ का सभापति जितबहादुर मल्लले मतदातालाई पैसा बाँड्ने योजनाका साथ एमाले उम्मेदवारकी श्रीमती सुकुम्बासी बस्तीमा आएको दाबी गरे। उनले निर्वाचन आयोगले कारबाही गर्नुपर्ने बताए।

‘एमालेले विगतमा पनि सुकुम्बासी वस्तीमा पैसा बाँडेर चुनाव जितेको हो, हामीले यसपालि त्यो रोक्न निगरानी गर्दै थियौँ, त्यही बेला शंकास्पद अवस्थामा भेटेका हौं’, मल्लले भने।

तर, उम्मेदवारकी श्रीमती माया भट्टराईले आफू आफन्त र साथीभाइ भेट्न गएको बताएकी छन्। उनले विज्ञप्ति निकालेर भारतमा हालै क्यान्सर उपचार गराएर आएका बुटवल–११ माझगाउँ निवासी महेन्द्र अर्यालकी श्रीमती लीला अर्याललाई भेट्न गएको बताएकी छन्।

यो पनि पढ्नुहोस्

मतदाता प्रभावित पार्न गएकी बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती पक्राउ

मतदाता प्रभावित पार्न गएकी बुटवलमा एमालेबाट मेयरका उम्मेदवार भट्टराईकी श्रीमती पक्राउ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?