सिन्धुपाल्चोकमा कांग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोप

सिन्धुपाल्चोकमा कांग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि खुकुरी प्रहार गरेको आरोप
+
-

काठमाडौँ- सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगस्थित हेलम्बु गाउँपालिका-३ (साबिक पाल्चोक गाविस) मा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच कुटपिट भएको छ।

एमाले कार्यकर्ताले कांग्रेस पाल्चोकका कार्यकर्ताले  एमाले हेलम्बु गाउँपालिका कमिटी सदस्य फिन्जो तामाङ माथि खुकुरी प्रहार गरेको आरोप लगाएका छन्।

काङ्ग्रेसका कार्यकर्ता र स्थानीय टोले गुण्डाहरूले उनीमाथि आक्रमण गरेको एमालेको आरोप छ।

घटनामा काङ्ग्रेस महासमिति सदस्य हेलम्बु ३ का निवर्तमान वडा अध्यक्ष तथा आसन्न निर्वाचनको वडा अध्यक्षका उमेदवार छिरिङ लामाको नेतृत्वमा २१ जनाको गुण्डाहरूको समूहले  एमालेका नेता तथा आसन्न निर्वाचनमा वडा सदस्य उमेदवार बुद्धलाल तामाङको घर इसिङमा नै गएर आक्रमण गरेको एमालेले बताएको छ।

पार्टी आन्तरिक छलफल भइरहेको ठाउँमा राति बेलुका ११ बजेतिर एक्कासि प्रवेश गरी धारिलो हतियार समेत प्रयोग भएको उल्लेख गरिएको छ।

घाइते भएका फिन्जो तामाङको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। घटनामा कांग्रेसका कार्यकर्ता समेत घाइते भएका छन्। घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेको थिए।

घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?