काठमाडाैँ महानगरमा १५६ मतदानस्थल र ३६३ केन्द्र

काठमाडाैँ महानगरमा १५६ मतदानस्थल र ३६३ केन्द्र
+
-

काठमाडाैँ- भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ मतदानस्थल र ३६३ केन्द्र तोकिएको छ।

तीन लाख २४२ मतदाता रहेको कामनपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन्।

धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो। यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन्। त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ मतदाता छन्।

वडा नं २३ मा चार हजार ४७७ मतदाता छन्। वडा २० मा ४ हजार ६१४ मतदाता छन्। कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन्। यसमा ३६३ वटा मतदानस्थल छन्। वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो। यसमा ११ केन्द्र छन्।

यसैगरी, वडा १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ। वडा ७ र ३२ मा ९-९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो। यसमा एउटा मात्र केन्द्र छ। वडा १९, २० र २४ मा २-२ वटा मात्र केन्द्र छन्। यसैगरी, वडा १, ५, ८, १२, १८ र २९ मा ३-३ वटा मतदान केन्द्र छन्।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो। यस वडामा २३ वटा बुथ छन्। वडा ३१ र ३२ मा २२-२२ वटा मतदानस्थल छन्। धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो। यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?