
काठमाडौँ – पछिल्लाे केही दिनदेखि देशभर आंशिक देखि सामान्य बदली रहेकोले दिनहुँ जसाे वर्षा भईरहेको छ। बैशाख ३० गते चुनावका दिन पनि देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेकोले पछिल्ला केही दिन दिनहुँ वर्षा भईरहेको छ। आज लुम्बिनी र प्रदेश १ का एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
शुक्रबार दिउँसो प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन–चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन – चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश नं १ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ का केही स्थानहरूमा साथै बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघ गर्जन – चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।