
बुटवल- बुटवल महानगरपालिकाकाे प्रमुखका उम्मेदवार खेलराज पाण्डेले मतपेटिका ढाेगेका छन्।
बुटवल-८ को पश्चिमाञ्चल सडक डिभिजन केन्द्रबाट मतदान गरेपछि उनले मतपेटिकालाई ढोगेका हुन्।
उनी लाइनमै बसेर मतदानमा सहभागी भएका थिए।
मतदानपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रको सुन्दर पक्ष मतदानमा सहभागी हुन सबैलाई आह्वान पनि गरेका छन्।
पाण्डे गठबन्धनकाे तर्फबाट मेयरका उम्मेदवार हुन्।
अघिल्लो स्थानीय चुनावमा उनी नेकपा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मत अन्तरले पराजित भएका थिए ।
सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा पाण्डेले २० हजार ८ सय ५१ मत प्राप्त गरेका थिए।