स्याङ्जा जिप दुर्घटना अपडेट: मृतक सबै १४ जनाको सनाखत

स्याङ्जा जिप दुर्घटना अपडेट: मृतक सबै १४ जनाको सनाखत
+
-

काठमाडौँ-  स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ।

मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर र जानुका कुँवर रहेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घट्नामा परि अन्य ११ जना घाइते भएको प्रहरीले जनाएको छ।

सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भई सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।

दुर्घट्ना परी १३ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने १ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ। घट्ना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?