
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा बालेन शाह र केशव स्थापतिबीच ८०५ मतकाे अन्तर रहेकाे छ।
ताजा मत गणना अनुसार बालेनले १८९६ मत प्राप्त गरेका हुन्। बालेनलाई नेकपा एमालेका उम्मेदवार स्थापितले पछ्याइरहेका छन्। उनले अहिलेसम्म १०९७ मत प्राप्त गरेका छन्।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ९४९ मत प्राप्त गरेकी छन्। उनी र स्थापितबीच मात्र १४२ मत अन्तर रहेको छ।