
दाङ- बंगलाचुली गाँउपालिका वडा नम्बर ८ मा नेकपा माओवादी तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार झबिन्द्र गाहामगर विजयी भएका छन्। गाहाले ५१३ मत ल्याएका छन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देबिराम चर्चीले ३६१ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खत्रीले ३५२ मत ल्याए।
निर्वाचन अधिकृत हिरण्यप्रसाद भण्डारीका अनुसार महिला सदस्य जानका गाहा मगरले ५१३, दलित महिला सदस्य तुलसी सुनारले ५१६, खुल्ला सदस्य खुम बहादुर गाहाले ४९५ र खुल्ला सदस्य पालसिंह गाहाले ५०० मत लिएर विजयी भएका छन्।