
काठमाडाैँ- काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितभन्दा एक हजारभन्दा बढी मतले अग्रता लिएका छन्।
५ हजार ९ सय ८३ मत गन्दा साहले २ हजार दुई सय ३८ मत पाएका हुन्। एमालेका स्थापितले १ हजार २ सय १९ मतले पछ्याइरहेका छन्।
गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले एक हजार ८१ मत पाएकी छन्।
साह र स्थापितकाे मत अन्तर एक हजार १९ रहेकाे छ। यसैगरी, स्थापित र सिंहकाे मतअन्तर १ सय ३८ रहेकाे छ।