
ललितपुर – ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु मर्हजन हरिकृष्ण व्यञ्जनकार भन्दा दोब्बर मतले अगाडी छन् ।
महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार महर्जनले ८७७ मत ल्याउँदा व्यञ्जनकारले ४०२ भोट पाएका छन् । यस्तै राप्रपाका अष्टबहादुर महर्जनले ३५ मत प्राप्त गरेका छन्।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ४४४ मत ल्याएकी छन् भने माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले २७६ भोट ल्याएका छन् ।