स्थानीय तह चुनावी परिणाम : राप्रपाले विभिन्न १६ वटा वडामा जित्यो

स्थानीय तह चुनावी परिणाम : राप्रपाले विभिन्न १६ वटा वडामा जित्यो
+
-

काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विभिन्न स्थानीय तहका १६ वटा वडामा जित निकालेको छ।

कञ्चनपुर, कपिलवस्तु, सुनसरी, रुपन्देही, चितवन, नवलपरासी लगायत जिल्लाका स्थानीय तहका १६ वटामध्ये १३ वटा वडामा राप्रपाका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटा वडामा अन्य पार्टीका सदस्यहरु पनि निर्वाचित भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा केशव खत्री निर्वाचित भएका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका १ को अध्यक्षमा टुकनाथ चौधरीले जितेका छन्।

यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा लक्ष्मण मेहता निर्वाचित भएका प्रवक्ता श्रेष्ठले जानकारी गराए।

रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा अलि पठान (मुक्त्तर अहमद पठान)ले जित निकाल्दा चितवनको माडी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा अमित लामा निर्वाचित भएका छन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा छेदीलाल श्रीवास्तव विजयी भएका छन्।

नवलपरासी, रामग्राम नगरपालिका वडा नम्बर १ मा रुद्र प्रसाद सिंह निर्वाचित भएका छन्।

डोटीको के.आई. सिंह गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा दिल बहादुर बलायरले जित निकाल्दा बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट बिजयी भएका छन्।

यता, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा उमेश कार्की विजयी भएका छन् ।

धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा सोनाम तामाङ निर्वाचित भएकाे राप्रपाले जनाएको छ।

रुपहेन्दीको ओमसतिया गाउँपालिका बेलबहादुर बरालले जित निकालेका छन्।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ को अध्यक्षमा विक्रम चन्द विजयी भएकाे राप्रपा प्रवक्ता श्रेष्ठले जानकारी दिए।

यस्तै, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ मा अरुण तामाङ निर्वाचित भएका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ मा अरुण शाही  निर्वाचित भएका छन्।
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष तामाङ र चितवनको माडी नगरपालिका ८ को वडाध्यक्षमा  भण्डारी बाहेक अरू सबै प्यानलसहित विजयी भएका राप्रपाले जनाएको छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?