
काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारलाई पुन कोरोना संक्रमण भएको छ।
कोरोना संक्रमणका कारण उनी ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी नहुने भएका छन्।
उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटमार्फत दिएका हुन्। अक्षय दोस्रो पटक कोरोना संक्रमित भएका हुन्। यसअघि उनी कोरोनाको दोस्रो लहरमा संक्रमित भएका थिए।
फिल्म फेस्टिभलमा भारतलाई ‘कन्ट्री अफ अनर’को रुपमा निमन्त्रणा गरिएको छ। जसमा अभिनेता अक्षय कुमार केन्द्रीय मन्त्री अनुराग ठाकुरसँग भारतीय प्रतिनिधिमन्डलको रुपमा सहभागी हुँदै थिए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कान्स २०२२ मा सहभागीताका लागि निकै उत्साहित थिएँ। तर कोरोना संक्रमण हुँदा निकै दुखी छु। अनुराग ठाकुर तपाईं र तपाईंको टोलीलाई धेरै-धेरै शुभकामना! त्यहाँ जान नपाउँदा कमी महसुस गर्नेछु।’
Was really looking forward to rooting for our cinema at the India Pavilion at #Cannes2022, but have sadly tested positive for Covid. Will rest it out. Loads of best wishes to you and your entire team, @ianuragthakur. Will really miss being there.
— Akshay Kumar (@akshaykumar) May 14, 2022