
काठमाडौँ – पोखरा महानगरपालिकाको मेयरमा नेकपा समाजवादीको अग्रता रहेको छ।
महानगरपालिकाले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार ८ हजार ६९३ मत गणना हुँदा मेयरमा पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा समाजवादीका धनराज आचार्यले ३ हजार ४६५ मत लिएर अग्रतका कायम गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन्।
यस्तै, राप्रपाका शंकर खरालले ४६२ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २१२ मत प्राप्त गरेका छन्।
यता उपमेयरमा पनि गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३ हजार ६०० मतका साथ अग्रता लिएकी छन्।
यस्तै, उपमेयरमा नोकपा एमालेको तर्फबाट मञ्जुदेवी गुरूङले ३ हजार ५७५ र राप्रपाको तर्फबाट रञ्जना सेनले ४३२ मत प्राप्त गरेकी छन्।