
बुटबल- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी मायादेवी मन्दिरमा आइपुगेका छन्।
मोदीले मायादेवी मन्दिरमा दर्शन र पूजाअर्चना गर्ने कार्यक्रम छ।
२५६६ औँ बुद्धपूर्णिमाकाे अवसरमा उद्घाटन हुन लागेकाे बाैद्ध सम्मेलन केन्द्रकाे कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी आएका हुन्।
माेदीसँगै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि छन्।
प्रधानमन्त्री मोदी केहीबेर अघिमात्रै गौतमबुद्धको जन्मथलो लुम्बिनी आइपुगेका हुन्।