
काठमाडाैँ- हेटाैँडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग १ सय ४५ मतले अग्रता लिएकी छन्।
लामाले ४ हजार ४५ मत पाउँदा सिंहले ३ हजार ९ सय मत ल्याएका छन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवार अनन्त पाैडेलले ३ हजार ४ सय ७२ मत ल्याएका छन्।
याे मत परिणाम १३ हजार २ सय १५ मत गन्दा आएकाे हाे।