
काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिकामा वडा नं ५ र ६ को गणना बाँकी रहँदासम्म राप्रपाले अग्रता लिएको छ। हालसम्मको मत परिणाम अनुसार राप्रपाले ३ हजार ३ सय १८ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले ३ हजार २ सय ४१ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेले अहिलेसम्म २ हजार ८ सय ७३ मत प्राप्त गरेको छ। चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म १ हजार ९ सय ९९ मत प्राप्त गरेको छ।