
काठमाडौँ – काठमाडौं महानगरपालिका उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६ हजार ७ सय ४४ मतले अगाडि रहेकी छन्। हाल सम्मको मतगणनापछि सार्वजनिक भएको तथ्यांक अनुसार सुनिता डंगोलले ९ हजार ४१९ मत प्राप्त गरेकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २ हजार ६७५ मत प्राप्त गरेका छन्।
यस्तै राप्रपाकी बिनिता मगैयाले १ हजार ७०९ मत प्राप्त गरेकी छन्। विवेकशील साझाकी उम्मेदवार किर्ति कंसाकारले १०७ मत प्राप्त गरेकी छन्।
स्वतन्त्र उम्मेदवार विधा श्रेष्ठले ७८३, अर्का स्वतन्त्र उम्मेदवार वेन्जी सिहं महर्जनले १००५, स्वतन्त्रबाटै उम्मेदवार रिङ्कु श्रेष्ठ ७० र पुष्पा खरेलले १८ मत प्राप्त गरेकी छन्।