
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केही नगर/गाउँपालिकाको प्रमुख/उपप्रमुख पदमा सुरुदेखि अग्रता र केहीमा सत्ता गठबन्धनलाई नै टक्कर दिइरहेको छ।
राप्रपाले दमक नगरपालिका, हेटौँडा उपमहानगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, काठमाडौँको शंखरापुर नगरपालिका र झापाको हल्दिबारी गाउँपालिकामा अग्रता लिइरहेको छ भने सिद्धार्थनगर नगरपालिका, धनुषाको गणेशमान चारनाथ नगरपालिका, झापाको हल्दिबारी गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिका, कैलालीको कैलारी गाउँपालिकामा टक्कर दिइरहेको छ।
वडाध्यक्ष र वडा सदस्यको परिणाम आउने क्रम जारी छ। नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा राप्रपाका भोज बहादुर यादवसहितको प्यानल निर्वाचित भएको छ।
पाँचथरको फिदिम –४ मा राप्रपाका उपेन्द्र लावती वडाध्यक्षमा निर्वाचित हुँदा धनुषा गणेशमान चारनाथ नगरपालिकाको वडा नं २ मा राप्रपाका बेचूँ हमालको प्यानल विजयी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
शंखरापुर नगरपालिकाको वडा नं. ३ मा राप्रपाका सूर्य तामाङ विजयी भएका छन्। धादिङको रुबिभ्याली वडा नम्बर ४ को अध्यक्षमा प्रशान्त तामाङ र खनियाबास वडा नम्बर ३ को वडा अध्यक्षमा कमानसिंह तामाङ विजयी भएका छन्।
सिद्धार्थनगर नगरपालिका–३ को वडाध्यक्षमा नारायण प्रसाद उपाध्याय सापकोटा र वडा नम्बर–४ को अध्यक्षमा मुक्तिनाथ यादव (भोला) विजयी भएका छन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. १ मा श्यामकुमार आले, लक्ष्मीनिया गाउँपालिकाको वडा नं. ३ को अध्यक्षमा तेजनारायण (हिरा)ले बाजी मारेका छन्।
झापा भद्रपुर नगरपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षमा हेमबहादुर कार्की र हल्दिबारी गाउँपालिकाको वडा नम्बर १ मा देवी थापासहितको प्यानल विजयी भएको छ। नेपालगन्ज उपमहानगरको वडा नम्बर २ को अध्यक्षमा मनोज श्रेष्ठ, सर्लाहीको कौडेना गाउँपालिका वडा नम्बर ७ अध्यक्षमा कुमार यादव, चितवनको माडी नगरपालिका ८ को वडा अध्यक्षमा वीरेन्द्र भण्डारी, नवलपरासीको रामग्राम–३ को वडा अध्यक्षमा उज्ज्वल न्यौपाने निर्वाचित भएका छन्।
नवलपरासीकै प्रतापपुर–३ को वडा अध्यक्षमा रामनरेश यादव, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको वडा नं. ५ मा अध्यक्ष केशव खत्री, कपिलवस्तुको कृष्णनगरमा १ मा अध्यक्ष टुङ्गनाथ चौधरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं–१ मा अध्यक्ष लक्ष्मण मेहता,
रुपन्देहीको रोहिणी गाउँपालिकाको वार्ड नं. १ को अध्यक्ष पदमा अली पठान (मुक्त्तर अहमद पठान)ले जित निकालेका छन्।
चितवनको माडी नगरपालिका वडा नं. १ को अध्यक्ष पदमा अमित लामा, सिद्धार्थनगर नगरपालिका वडा नं. २ को अध्यक्ष पदमा छेदीलाल श्रीवास्तव, नवलपरासी, रामग्राम १ मा रुद्र प्रसाद सिंह, डोटीको के.आई. सिंह गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा दिल बहादुर बलायर प्यानलसहित विजयी भएका छन्।
बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा गणेश बहादुर विष्ट , पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा उमेश कार्की, धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ वडा अध्यक्षमा सोनाम तामाङ विजयी भएका छन्।
रुपहेन्दीको ओमसतियामा बेलबहादुर बराल, कञ्चनपुरको दोधारा चाँदनी १ को वडा अध्यक्ष विक्रम चन्द, धादिङको खनियाबास २ मा अरुण तामाङ, रुपन्देहीको सियारी गाउँपालिका वडा नं. १ मा अरुण शाही, सल्यानको कपुरकोट गाउँपालिका ६ मा श्यामकृष्ण बोहोरा, चाँगुनारायण नगरपालिका– ६ को वडा अध्यक्षमा धनबहादुर लामा निर्वाचित भएका छन्।
रुपन्देहीको देवदह नगरपालिकाको वडा नम्बर ११ मा दुधनाथ यादव देवदहकै वडा नम्बर १२ मा चार वडा सदस्यमा विजयी भएका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका ६ को वडा अध्यक्षमा लवराज खरेल, शंखरापुर नगरपालिका वडा नं ७ मा राप्रपाबाट वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठ , सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नं ५ मा हबिब मियाँ, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल कोट, वडा नं ४ को वडा अध्यक्षमा कुल बहादुर बस्नेत, नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ को वडा अध्यक्षमा रमेश कानु बनियाँ विजयी भएका राप्रपाले जनाएको छ।
यस्तै काभ्रेको धुलिखेल नगरपालिका–७ को वडा अध्यक्षमा रोमी प्रसाद श्रेष्ठ , झापाको बाह्रदशी गाउँपालिकाको वडा नं ५ को वडा अध्यक्षमा राप्रपाका वीरबहादुर राजवंशी, धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं २ को वडा अध्यक्षमा ज्योतिदीप हमाल, रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका तारानाथ यादव , नेपालगञ्ज उपमहानगरको त्रिभुवन चोक क्षेत्र रहेको वडा नं. ८ को वडा अध्यक्षमा रजनीश वाजपेयी (विवेक) विजयी भएका छन्।
यस्तै झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा राप्रपाका सन्तकुमार थापा विजयी भएका छन्। अधिकांश स्थानमा प्यानलसहित विजयी भएका हुन्। राप्रपाबाट देशभर २६० भन्दा बढी वडा सदस्य निर्वाचित भएका छन्।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले निर्वाचनको प्रारम्भिक नतिजा सन्तोषजनक रहेको बताएका छन्। राप्रपाविरुद्ध दुई शक्तिशाली गठबन्धन बन्दा पनि केही स्थानमा विजय प्राप्त गर्नु र लोकप्रिय मत लिनसक्नु सफलता भएको बताउँदै श्रेष्ठले यही जनमतमा टेकेर संघीय र प्रादेशिक निर्वाचनको तयारीमा जुट्ने बताएका छन्।