
भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ७ मा नेकपा एमालेको प्यानल पुन विजयी भएको छ। वडा नं ७ मा वडा अध्यक्षको उम्मेदवारमा रविन्द्र सापकोटाले पुन उम्मेदवारी दिएका थिए।
उनले १७ सय ३१ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेसका प्रतिस्पर्धी हरि बहादुर खड्का १ हजार ८६ मत प्राप्त गरे।
यस्तै तेस्रो स्थानमा नेपाल मजदुर किसान पार्टीका राम चन्द्र माकजुले २४४ मत ल्याए। राप्रपाका तर्फबाट उम्मेदवार बाबु कृष्ण थापाले १ सय ५७ र नेकपा एकिकृत समाजवादीका उम्मेदवार दिपेन्द्र राज कार्कीले ११४ मत ल्याए।
भक्तपुरको सूर्यविनायक नगरपालिका ७ प्रतिनिधि सभा सदस्य तथा एमालेका पाेलिट ब्यूराे सदस्य महेश बस्नेतकाे गृह क्षेत्र हाे।