
अ
+
अ
अ
-
काठामाडौँ – नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपौयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यावसायि महासंघका अनुसार आज बुधबार सुनको मूल्य ९ सय रुपौयाँले घटेर ९५ हजार ८ सय रुपौयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सुन प्रतितोला ९६ हजार ७ सय रुपौयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ३ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २ सय रुपौयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपौयाँले घटेर एक हजार २५० रुपौयाँ तोकिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ।